जन सरोकार

प्याब्सन-एनप्याब्सनको निर्णयबिरुद्ध संस्थागत विद्यालयका शिक्षक आन्दोलनमा

संस्थागत विद्यालयका छाताा संगठन प्याब्सन र एनप्याब्सनले सरकारले आफ्ना माग पूरा नगरेको भन्दै सायन १ गतेदेखि शिक्षकशिक्षिकालाई बेतलबी विदा र अनलाइन कक्षा बन्द गरेसंगै संस्थागत विद्यालयमा कार्यरत शिक्षकहरूले सो निर्णय तीन दिनभित्र फिर्ता नलिए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

संस्थागत विद्यालय शिक्षक युनियनले एक विज्ञप्ति जारी गरी अनलाइन कक्षा बन्द गर्ने र शिक्षक–कर्मचारीलाई बेतलवी विदा राख्ने निर्णय तीन दिनभित्र फिर्ता लिन अल्टिमेटम दिंदै माग पूरा नभए आफूहरूले कडा संघर्षका कार्यक्रम गर्ने घोषणा गरेको हो ।

यूनियनका अध्यक्ष होमकुमार थापा र महासचिव भोलानाथ चालिसेद्वारा हस्ताक्षरत विज्ञप्तिमा निजी तथा संस्थागत विद्यालय अर्गनाइजेसन (प्याब्सन) र निजी तथा संस्थागत विद्यालय अर्गनाइजेसन (एनप्याब्सन)को अनलाइन कक्षा बन्द गर्ने निर्णयलाई युनियनले आत्मघाती तथा दादागिरीशैलीको निर्णय भनिएका छ ।

युनियनले प्याब्सन र एनप्याब्सनको निर्णयले बालबालिकाको पढ्ने पाउने संवैधानिक हक खोसेको जनाएको छ । विद्यालय सञ्चालकहरूले विषम परिस्थितिमा संविधान, शिक्षा ऐन, श्रम ऐन र नियमावलीहरू उल्लंघन गरेको निष्कर्ष निकालेको छ ।

युनियनद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ, ‘लकडाउनका कारण सिर्जित समस्यालाई लिएर शिक्षक महासंघ, अभिभावक संघ, प्याब्सन, एनप्याब्सन र यस युनियनका बीचमा गम्भीर छलफल र आपसी सहकार्य भइरहेको अवस्थामा जारी अनलाइन कक्षा बन्द गर्दै शिक्षक कर्मचारीलाई बेतलबी घर विदा दिने प्याब्सन र एनप्याब्सनको दादागिरी शैलीको एकलौटी निर्णयले हामी स्तब्ध भएका छौं’ ।

वषौंदेखि योगदान गरेका शिक्षक तथा कर्मचारीहरूको रोजीरोटी विद्यालयले खोसेको भन्दै शिक्षक युनियनले यो कदम प्याब्सन एनप्याब्सनका लागि समेत आत्मघाती हुने चेतावनी समेत दिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.