विश्व समाचार

साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत

अमेरिकाले साउदी अरेबियाको हवाई सुरक्षा क्षमता सुदृढ बनाउने उद्देश्यले करिब एक अर्ब ९६ करोड अमेरिकी डलर बराबरको हतियार बिक्री गर्न स्वीकृति दिएको छ ।

अमेरिकी विदेश मन्त्रालयले उक्त बिक्रीले खाडी क्षेत्रमा प्रमुख गैर–नाटो साझेदार साउदी अरेबियाको सुरक्षा सुदृढ बनाउँदै अमेरिकी विदेश नीति तथा राष्ट्रिय सुरक्षा उद्देश्यलाई समेत सहयोग पुग्ने जनाएको छ ।

स्वीकृत प्याकेजअन्तर्गत साउदी अरेबियाले २० हजारसम्म उन्नत ‘एडभान्स्ड प्रिसिजन किल वेपन सिस्टम’ (एपीकेडब्लुएस) र त्यससँग सम्बन्धित हतियार प्राप्त गर्नेछ ।

अमेरिकी नौसेनाका अनुसार यो प्रणालीले नजिकको युद्धमा अतिरिक्त क्षति कम गर्दै लक्ष्यमाथि प्रभावकारी आक्रमण गर्न सहयोग पुर्‍याउँछ । यस सम्झौताको प्रमुख ठेकेदार न्युजर्सीस्थित बीएई सिस्टम्स रहने विदेश मन्त्रालयले जनाएको छ ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार प्रस्तावित बिक्रीले साउदी अरेबियाको वर्तमान तथा भविष्यका सुरक्षा चुनौती सामना गर्ने क्षमता बढाउनुका साथै अमेरिकी सेना तथा अन्य क्षेत्रीय र नाटो साझेदार सेनासँगको अन्तरक्रियात्मक क्षमता पनि सुदृढ बनाउनेछ । मन्त्रालयले यस सम्झौताले अमेरिकी रक्षा तयारीमा कुनै नकारात्मक असर नपर्ने स्पष्ट पारेको छ ।

यो निर्णय साउदी अरेबिया र यमनका इरान समर्थित हुथी विद्रोहीबीच तनाव पुनः चुलिएका बेला सार्वजनिक भएको हो । सोमबार हुथीहरूले दक्षिणी साउदी सहर आभाको विमानस्थलमा क्षेप्यास्त्र प्रहार गरेका थिए ।

यमन सरकारले इरानी सर्वोच्च नेताको अन्त्येष्टिबाट हुथी प्रतिनिधिमण्डल बोकेर फर्किरहेको विमानलाई मोड्न सानो विमानस्थलमा आक्रमण गरेपछि उक्त क्षेप्यास्त्र प्रहार भएको बताइएको छ । हुथीहरूले भने त्यस आक्रमणको जिम्मेवारी रियादमाथि लगाएका छन् ।

यसैबीच, युद्धविराम भङ्ग भई नौसैनिक नाकाबन्दी पुनः लागू भएपछि अमेरिकाले इरानमाथिको सैन्य दबाबसमेत थप तीव्र बनाइरहेको सन्दर्भमा साउदीलाई गरिएको यो हतियार बिक्रीलाई क्षेत्रीय सुरक्षा रणनीतिको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.