बिचार

कर्नालीको सत्ता खेलका भ्रम, हौसाइ र वास्तविकता

कर्नालीको सरकारका मन्त्रीले बुधबार बिहानै राजीनामा देको सम्चार सामाजिक सन्जालाँ आउने बित्तिकै एमाल्या कार्यकर्ताहरु छट्पटिए ।

छट्पटिनु पनि स्वभाविक थियो कोही मुख्यमन्त्रीकै आडमा जागिर खाथे भने कोही अरु नेताको आडमा र कोही झोले भएकै आधारमा नेताहरुलाई दम्काएरै जागिरमा अडिएका थिए र त्यसकै सान सौकतमा अरुका अगाडि रबाफका साथ प्रस्तुत हुन्थे ।

एक्कासी सरकारबाट मन्त्रीहरु राजीनामा दिएर बाहिरिएछि सरकारै ढल्यो, अब हामी सिध्दिइम भनेर चिन्ता गर्नु पनि स्वभाविक थियो । तर कुरा नबुझे पछि र आफ्नो अक्कलले काम नगरेछि सबैलाई यस्तै हुन्छ ।

कर्नालीका काँग्रेसका बहालवाला मन्त्रीले राजीनामा मात्रै दिएर गएका हुन पाटीले सरकार छोडेको थिएन र हैन । तर माओवादीहरु भने काँग्रेसले सरकार छोड्यो अब हामी सरकारमा जान्छम् भनेर जमिन छोडेर ३ बित्ता माथि उचालिँदै छन ।

तर, मलाई जाँसम्म लाग्छ यति छिटै सरकारमा जान नआत्तिनोस माओवादी नेताहरु किनभने हिजो तपाईंहरुले सदनमा काँग्रेसलाई जसरी दिनहुँ टक्टक्याउनु भो त्यो मुख्य मन्त्रीले देखेकै छन् । अनि आँफु पनि काँग्रेस जस्तै शिकार बन्न सकिन्छ भनेर केही समय सोच्न त सोच्लान नि ।

मुख्यमन्त्री कँडेलले तपाईंहरले चाकै जसरी सजिलै मन्त्री चाईँ नबनाउन सक्छन है त्यसैले काँग्रेस लखेटिम अब मन्त्री पनि हुन्छम् भनेर भोज भतेरतिर नि धेरै मन नलाए नि हुन्छ । यिनीहरुले भोलि मलाई पनि यस्तै गर्न सक्छन भन्नेसम्म नि सामान्य दृष्टि कँडेलले लाए भने तपाईंहरलाई नि रिङाउन सक्छन ।

त्यसैले धेरै उचालिने र पछारिने अनि काँग्रेसीहरलाई खुच्चिङ भनेर कुम ठोक्ने काम पनि नगरेकै राम्रो । काँग्रेसीहरुमा आफ्नै साथीहरु बीचको सहमतिमा राजिनामा दिइएको छ । आपसी सहमतिमै राजीनामा दिइएको हो भन्ने कुरा त संयुक्त राजीनामाले नै पुष्टि गरेको छ । प्रदेश सरकार आफ्नै बुध्दि विवेकमा चल्ने नभै केन्द्रीय नेताहरुको हस्तछेप र विवेकले चल्ने भएकाले पुराना ३ दलका नेताहरुमाझ जे खिचडी पाक्छ त्यै खिचडी प्रदेश सरकारले पस्कने हो ।

त्यसैले यो मेरो भाग र त्यो तेरो भाग भनेर ऐल्यै न हौसिँदा नि हुन्छ । काँग्रेस एमालेभित्र पाटीमै किचलो भएकाले आफुहरले भनेजस्तो नहुने हो भने माओवादीलाई नै सरकार चलाउन दिने भन्न नि सक्छन् या वलीले एमालेले एक्लै सरकार चलाउँछ भनेर अड्डी लिएर बस्न नि सक्छन र सरकारमा यामलालजीको राज र जिल्लामा एमालेको राज रहन नि सक्छ ।

त्यसैले यी प्रदेशका सरकारका विषयमा यही नै हुन्छ र यै गर्नुपर्छ भन्ने कि छानिको आधार छैन । त्यै भएर त जनताले यस्तो संघीयताको काम छैन भनेर संघीयताको विरुद्धमा ताली पिटिरहेका हुन्छन् ।

कर्नाली सरकार साँच्चै भन्ने हो भने एमालेले सरकार बनाउँदाको सहमति अनुसार आजभन्दा ६ मैना अघि नै परिवर्तन भैसक्नु पर्ने थियो तर देशमा भएको आम निर्वाचन अनि काँग्रेस पाटीभित्र भएको किचलोको फाईदा उठाएर वलीले आजसम्म सरकार चलाउन दिएनन् ।

अनि सरकार परिवर्तन नभएको र हुन नदिएको कुराको फाइदा उठाएर सरकारमा जान सकिन्छ कि भनेर माओवादीहरु अनेक बहानामा काँग्रेस मन्त्रीहरुमाथि खनिन थाले र उनीहरका सदनका दैनिक प्रस्तुति काँग्रेस मन्त्रीमा नै केन्द्रीत रहे र आज मन्त्रीहरुले राजीनामा दिएछि हाम्रै कारणले काँग्रेसीहरुले राजिनामा दिएर गए अब सरकारमा हामी सामेल हुन पाउँछम् भनेर माओवादीहरु उफ्रिँदैछन ।

सत्ताको लागि मरिहत्ते गर्ने माओवादीले वलीलाई फस्ल्याङ फुस्लुङ पार्न सक्यो भने कर्नालीका माओवादीहरु फेरि एकपटक ढुकुटीमा आहाल खेल्न पुग्नेछन् र भविष्यको एक पुस्तालाई पुग्ने गरी कमाउन पनि सक्नेछने किनभने यिनीहरुको राजनीति यै नै अन्तिम हो ।

त्यसैले कमरेडहरु कोशिस गर्नोस् यसपछिका अवसर तपाईंहरुका हुने छैनन् । मौका यै हो एमालेसित रुने, कराउने, गिडगिडाउने जे गरेर हुन्छ सत्ताँ पुग्न कोशिस गर्नोस । भन्नेले जे सुकै भनोस । हैन र !?

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.