जल/वातावरण

कोरोना संक्रमितको संख्या ह्वात्तै घट्दै : शनिबार जम्मा ५७ जना भेटिए

एक हप्ता यता नेपालमा कोरोना संक्रमितको संख्या घट्दै गएको छ भने क्वारेन्टाइनमा बस्नेहरुको संख्या पनि घटिरहेको छ । शनिबार जम्मा ५७ जना संक्रमित थपिएका छन् र यो संगै नेपालमा कोरोना संक्रमित संख्या १७ हजार पाँच सय २ पुगेको छ ।

त्यसो त कोरोना परीक्षण पनि दुई हप्तायता निकै घटेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार विगत २४ घण्टामा देशभरका २७ वटा प्रयोगशालामा तीन हजार तीन सय ३१ जनाको पिसिआर विधिबाट परीक्षण गर्दा जम्मा ५७ जनामा कोरोना देखिएको हो ।

शनिबारस्म्म क्वारेन्टिनमा २३ हजार २ सय ७५ जना छन् भने आइसोलेसनमा पाँच हजार ८ सय २५ जना रहेका छन् । त्यस्तै कोरोना निको भएर शनिबार एक सय ३ जना घर फर्किए भने अहिलेसम्म कोरोना निको हुनेको संख्या ११ हजार छ सय ३७ पुगेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.