फोटो फिचर
हेलम्बुमा निर्माणधीन ‘हिमालयन ग्रेट ट्रेल’
सिन्धुपाल्चोक जिल्लामा रहेको प्रसिद्ध पर्यटकीय स्थल हेलम्बु गाउँपालिकामा निर्माणाधीन ‘हिमालयन ग्रेट ट्रेल’ (धर्मचक्र वाल) र बौद्ध स्तूपको मनमोहक दृश्य।
हेलम्बुको ह्योल्मो सभ्यता, प्राकृतिक सौन्दर्य र बौद्ध सम्पदालाई जोड्ने उद्देश्यले निर्माण भइरहेको ६० किलोमिटर लामो ट्रेलमध्ये हालसम्म करिब ७ किलोमिटर संरचना निर्माण सम्पन्न भएको छ।

यो परियोजना पूरा भएपछि हेलम्बुलाई नेपालको महत्त्वपूर्ण धार्मिक तथा पदयात्रा (ट्रेकिङ) गन्तव्यका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ। तस्बिर- कमलकुमार बस्नेत/रासस





प्रतिक्रिया राख्नुहोस्