जापान

१५औँ नेपाल फेस्टिभलको सम्पूर्ण तयारी पूरा, कलाकारहरुको भव्य स्वागत

जापानको राजधानी टोकियोस्थित ओदाइवा पार्कमा जुलाई १८ देखि २० तारिखसम्म आयोजना हुने १५औँ नेपाल फेस्टिभल–२०२६ को सम्पूर्ण तयारी पूरा भएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान, नेपाली राजदूतावास जापान र नेपाल आदिवासी जनजाति महासंघ जापानको संयुक्त आयोजनामा हुने फेस्टिभलमा एनआरएनए जापानका १२ वटै क्षेत्रीय कार्यसमितिको सहकार्य तथा जापानमा सक्रिय विभिन्न नेपाली संघ–संस्थाको समेत सहभागिता रहने आयोजकले जनाएको छ।

आयोजकका अनुसार महोत्सवमार्फत नेपाली कला, संस्कृति, जातीय विविधता, परम्परागत भेषभूषा र नेपाली खानाका परिकार जापानी नागरिकसमक्ष प्रस्तुत गरिनेछ। साथै जापानी नागरिकलाई नेपाल भ्रमणका लागि आकर्षित गर्ने र नेपालको पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ।

यसैबीच १५औँ नेपाल फेस्टिभल–२०२६ मूल आयोजक समितिले महोत्सवको सफल आयोजनाका लागि सहयोग पुर्‍याएको भन्दै प्रवास नेपाली सम्पर्क विभाग, जापानप्रति आभार व्यक्त गरेको छ। समितिले आगामी दिनमा पनि यस्तै सहकार्य र सहयोग निरन्तर रहने विश्वास व्यक्त गरेको छ।

नेपाल फेस्टिभल जापानमा हरेक वर्ष आयोजना हुँदै आएको नेपाली समुदायको प्रमुख सांस्कृतिक कार्यक्रममध्ये एक हो। यसले नेपाल–जापानबीच सांस्कृतिक सम्बन्ध विस्तार गर्नुका साथै नेपालको पर्यटन, संस्कृति र मौलिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ।

यसबीच शुक्रबार जुलाई १७ मा टोकियोस्थित हानेदा विमानस्थलमा नेपाल फेस्टिवलमा सहभागी हुन आउनुभएका कलाकारहरुको भव्य स्वागत गरिएको थियो ।

नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला

नेपाल फेस्टिवलमा ‘एनआईटिभी टेलिकम’को आकर्षक अफर

 

 

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.