जल/वातावरण

बढ्यो सप्तकोशीको वहाव : सुनसरी र सप्तरीवासीलाई सुरक्षित स्थानमा जान आग्रह

तीन दिनदेखिको लगातार वर्षाले सप्तकोशी नदीमा पानीको वहाव खतराको सुचक पार गरेको छ । पानीको वहाव अत्यधिक भएपछि कोशी ब्यारेजको ४६ ढोका खोलिएको छ भने सुनसरी र सप्तरीबासीलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ ।

मंगलबार बिहान ६ बजे गरिएको मापनअनुसार सप्तकोशीमा पानीको बहाव प्रतिसेकेन्ड ३ लाख ३४ हजार ९ सय ९० क्युसेक छ । कोशी ब्यारेजमा २ लाख क्युसेक प्रतिसेकेन्ड मापन हुँदा खतराको तह पार गर्छ ।

पानीको वहाव वर्षकै उच्च भएपछि ब्यारेजका दुईवटै नहर बन्द गरिएको छ । पानीको बहाव थेग्न नसकेर नहर भत्किन सक्ने भएकाले नहर बन्द गरिएको हो । जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले सप्तकोशीमा बहाव बढ्दो क्रममा रहेको जनाएको छ ।

त्यसैले सुनसरी र सप्तरी जिल्लाका तटीय क्षेत्रमा बुधबार विहानसम्म उच्च सतर्कतासाथ रहन वा सुरक्षित स्थानमा जान सूचित गरेको छ । स्थानीय प्रशासनले जोखिम क्षेत्रका बासिन्दालाई सतर्क रहन सूचना प्रवाह गरेको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.