जल/वातावरण
काठमाडौंमा ८ जनासहित देशभर १ सय ५० जना नयाँ संक्रमित थपिए

मंगलबार काठमाडौंमा ८ जना र ललितपुरमा १ जना सहित देशभर १ सय ५० जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा गरिएको परीक्षणमा ती संक्रमित थपिएका हुन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो नियमित पत्रकार सम्मेलनमा पछिल्लो चौबीस घण्टामा तीन हजार ९ सय ६१ नमूना सङ्कलन गरी परीक्षण गरिएकोमा १ सय ५० जना संक्रमित भेटिएको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका बिरामीसँगै नेपालमा कोभिड–१९ सङ्क्रमितको कुल सङ्ख्या १७ हजार ९ सय ९४ पुगेको छ । पाँच हजार ४७७ जनामा कोभिड–१९ को सङ्क्रमण सक्रिय रहेको छ ।
यसै गरी पछिल्लो चौबीस घण्टामा ६०९ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केका छन् भने ५ सय २९ जना रेड जोनमा परेका छन् । हालसम्म १२ हजारभन्दा ४७७ सङक्रमित निको भएका छन् ।
प्रतिक्रिया राख्नुहोस्