कोरोना संक्रमणबाट पहिलोपटक विदेशीको मृत्यु- मृत्यु हुने चिनीया नागरिक
नेपालमा कोरोना भाइरस संक्रमणबाट पहिलोपटक विदेशी नागरिकको मृत्यु भएको पुष्टि भएको छ । हृदयघात भएर महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत एक चिनियाँ नागरिकको बुधबार कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको हो ।
अस्पतालका निर्देशक डा रोहित पोखरेलले दिनुभएको जानकारी अनुसार मंगलबार उपचारार्थ अस्पताल भर्ना भएकी ४८ वर्षीया चिनियाँ महिलामा कोरोना संक्रमण भएको र बुधबार विहान मृत्यु भएको हो ।
उपचारमा खटिएका चिकित्सक डा सुवास आचार्यका अनुसार उनको मृत्यु पनि मुटुको धनकन गडबड हुँदा भएको हो । हृदयघातपछि नन एन्भासिभ भेन्टिलेसनमा राखेर उपचार भैरहेको र बुधबार विहान वार्डमा सार्ने तयारी थियो तर एक्कासी मुटुको चाल गडबड हुँदा बिहान ६ बजे उनको मृत्यु भयो हो ।
ती महिलालाई हृदयघात भएपछि सुरुमा ग्रान्डी अस्पताल भर्ना गरिएको थियो । अस्पताल ल्याउँदा नै उनको अवस्था गम्भीर रहेको र पछि अवस्था केही सुधार भएको कोभिडको पनि संक्रमण पुष्टि भएपछि मापदण्ड अनुसार टिचिङ अस्पतालमा रिफर गरिएको थियो ।
अहिले मृतकको शव अस्पतालमै राखिएको छ । उनको शब दूतावाससँगको समन्वयमा सेनाले व्यवस्थापन गर्ने अस्पतालले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्