अरूमाथि भ्रष्टाचारको आरोप लगाउने कामले सदनको गरिमा रहँदैन : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भ्रष्टाचार छोप्न यथार्थ नबुझी संसदमा अरूमाथि भ्रष्टाचारको आरोप लगाउने कामले सदनको गरिमा नरहने भन्दै सबैमा संयमित हुन आग्रह गर्नुभएको छ ।
प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा सांसदहरुका प्रश्नको उत्तर दिने क्रममा उद्योगहरुले तिर्नुपर्ने महशुलका विषयमा सोधिएको प्रश्नको उत्तर दिंदै उहाँले सो आग्रह गर्नुभएको हो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो– “मैले उद्योगहरुले प्रयोग गरेको महसुल तिनु पर्दैन भनेको छैन । माननीयका हैसियतमा असत्य प्रस्तुत गर्ने र भ्रष्टाचार छोप्नका लागि अरूमाथि भ्रष्टाचारको आरोप लगाउने कामले सदनको गरिमा रहँदैन ।”
उहाँले भन्नुभयो, “कसैलाई म प्रधानमन्त्री भएको मन नपर्न सक्न, त्यसमा केही छैन । राजनीतिक कुरा राजनीतिकरुपमा लिऔँ । आवेग, उत्तेजना र आरोप प्रत्यारेपमा नआऔँ, सदन सदन जस्तै होस् ।”
आफूले आइतबार सो सम्बन्धमा दिएको जवाफबारे गलत रुपमा आजको बैठकमा प्रश्न उठाएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक पूर्वाग्रहका नाममा झुटको खेती नगर्न र तथ्य प्रमाणका आधारमा सदनमा अभिव्यक्ति दिन आग्रह गनुभयो ।
उहाँले भन्नुभयो, “मलाई कुनै लप्पन छप्पन गर्नु छैन । मलाई कुनै सेटिङ र तन्त्रमा जानु छैन । देश र जनताका हितका पक्षमा निष्ठाका साथ ६ दशकदेखि काम गर्दै आएको छु । अब पनि त्यही गर्छु” ।
प्रधानमन्त्री ओलीले भन्नुभयो– “मैले उद्योगहरुले प्रयोग गरेको महसुल तिनु पर्दैन भनेको छैन । माननीयका हैसियतमा असत्य प्रस्तुत गर्ने र भ्रष्टाचार छोप्नका लागि अरूमाथि भ्रष्टाचारको आरोप लगाउने कामले सदनको गरिमा रहँदैन ।”
उहाँले भन्नुभयो, “कसैलाई म प्रधानमन्त्री भएको मन नपर्न सक्छ, त्यसमा केही छैन । राजनीतिक कुरा राजनीतिकरुपमा लिऔँ । आवेग, उत्तेजना र आरोप प्रत्यारेपमा नआऔँ । सदन सदन जस्तै होस् ।”





प्रतिक्रिया राख्नुहोस्