राजनीति

‘जलवायु परिवर्तनका असरहरू टार्न युवा र महिलाको सक्रिय सहभागिता आवश्यक’

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसदहरूले जनचासोका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै जलवायु परिवर्तन, बाढीपहिरो, महिला सहभागितालगायतका विषयमा आफ्ना धारणाहरु राख्नुभयो ।

नेपाली कांग्रेसका सांसद नारायणदत्त भट्टले सबै राजनीतिक धारहरू अलग भए पनि जनसेवा, राष्ट्रिय हित र एकताको लक्ष्य साझा रहेको बताउँदै सबै मिलेर जाुनपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “पहाडमा बाढीपहिरो र तराईमा पानीको अभावले जनताको दैनिकी सङ्कटमा परेको छ । कस्तो व्यवस्थापन कसरी गर्ने भन्नेमा सरकारको चासो जाओस् ।”

सांसद भट्टले ‘कुलिङ अफ पिरियड’ प्रावधानमाथि अनावश्यक चलखेल देखिएकाले सबै मिलेर अघि बढ्नुपर्ने बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद रेणु चन्दले एकीकृत निर्वाचन व्यवस्थापन विधेयक ल्याउन किन ढिलाइ भइरहेको छ भन्ने प्रश्न गर्नुभयो ।

उहाँले सामाजिक सञ्जालसम्बन्धी विधेयक, शिक्षा विधेयकमा पनि चासो नदिएको बताउनुभयो । सांसद चन्दले एकीकृत निर्वाचन व्यवस्थापन विधेयक ल्याउन ढिलाइ भइरहेको कारणबारे प्रश्न गर्नुभयो ।

उहाँले सामाजिक सञ्जालसम्बन्धी विधेयक तत्काल ल्याउनुपर्ने बताउँदै भन्नुभयो, “हुन त संविधानमा सुनिश्चित छ, तर ३३ प्रतिशत महिला उम्मेद्वारी सुनिश्चित गर्ने यो विधेयकको तत्काल आवश्यकता छ । विभिन्न प्रगतिशील आन्दोलनमा बराबर सहभागी भएर मिलेर अधिकार ल्यायौँ तर हिस्साका लागि अझै लड्न बाध्य छौँ ।”

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद मदन कुमारी शाहले जलवायु परिवर्तनबाट नेपाल अत्यधिक प्रभावित भएकाले सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले रसुवागढीको बाढी, डोल्पाको क्षति, मधेशको सुक्खा अवस्था र खाद्य सङ्कटको अवस्था जलवायु परिवर्तनले निम्तिएकाले योजना बनाएर कार्यक्रम गर्नुपर्ने बताउनुभयो ।

“जलवायु परिवर्तनका असरहरू टार्न अब युवा र महिलाको सक्रिय सहभागिता आवश्यक छ । सरकार विपद्मैत्री र जलवायु उत्तरदायी शासन प्रणालीतर्फ अग्रसर हुनुपर्छ ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.