जापान
कोरोना संक्रमित बढ्दै : टोकियोमा २ सय ३८, ओशाकामा १ सय २१ जना संक्रमित थपिए
बुधबार जापानको राजधानी टोकियोमा २ सय ३८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । विगत दुई हप्ता यता दैनिक १ सयभन्दा बढी संक्रमित बढिरहेको टोकियोमा २ दिनयता २ सयभन्दा बढीको संख्या पुगेको छ ।
राजधानी टोकियोमा चालु महिनामा ३ हजार ८ सय २९ जनामा संक्रमणका पुष्टि भएको छ । यो अप्रिल महिनाको तुलनामा बढी हो । टोकियोमा हालसम्म १० हजार ५४ संक्रमणको तथ्यांक छ ।
यसै गरी पश्चिम जापानको ओशाकामा १ सय २१ नयाँ संक्रमित भेटिएको त्यहाँका गभर्नर हिरोफुमी योशिमुराले बताउनुभएको छ । ओसाकामा पनि धेरै समयका अन्तरालपछि १ सय भन्दा बढी संक्रमणका घटना बाहिर आएका छन् ।
संक्रमितको संख्या बढ्न थालेपछि गभर्नर योशिमुराले एक नियमित पत्रकार सम्मेलनमा आम जनतामा भाइरस संक्रमण रोक्न कडा उपाय अपनाउन आव्हान समेत गर्नुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्