नेपाल फेस्टिभल सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त
गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले टोकियोमा सम्पन्न १५औँ नेपाल फेस्टिभल–२०२६ लाई ऐतिहासिक रूपमा सफल बनाउन सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति आभार व्यक्त गरेको छ।
जुलाई १८ देखि २० तारिखसम्म जापानको राजधानी टोकियोमा आयोजित नेपाल फेस्टिभल सभ्य, भव्य र व्यवस्थित रूपमा सम्पन्न भएको भन्दै आयोजक समितिले एक धन्यवाद सन्देश जारी गरेको हो।
आयोजकका अनुसार महोत्सव सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग, समन्वय, श्रम, समय र साथ प्रदान गर्ने सबैप्रति कृतज्ञता व्यक्त गरिएको छ।
फेस्टिभललाई सफल बनाउन योगदान पुर्याउने स्वयंसेवक, पदाधिकारी, सल्लाहकार, विभिन्न उपसमितिका संयोजक तथा सदस्य, कलाकार, सांस्कृतिक टोली, प्रायोजक तथा सहयोगी संस्था, सञ्चारकर्मी, सुरक्षा निकाय, सरकारी तथा गैरसरकारी निकाय, नेपाल र जापानका विशिष्ट अतिथि तथा नेपाली र जापानी समुदायको भूमिकाको विशेष प्रशंसा गरिएको छ।
एनआरएनए जापानले सबैको निस्वार्थ समर्पण, अनुशासन, जिम्मेवारीबोध, सहकार्य र अथक मेहनतकै कारण १५औँ नेपाल फेस्टिभल–२०२६ सफलतापूर्वक सम्पन्न भएको उल्लेख गरेको छ।
फेस्टिभलको सफलता कुनै एक संस्था वा व्यक्तिको मात्र नभई जापानस्थित सम्पूर्ण नेपाली समुदायको साझा उपलब्धि भएको आयोजकको भनाइ छ।
आयोजक समितिले यस सफल आयोजनाबाट प्राप्त उत्साह र प्रेरणालाई आगामी दिनमा पनि निरन्तरता दिँदै नेपाली कला, संस्कृति, भाषा, पर्यटन र परम्पराको प्रवर्द्धनका साथै नेपाल–जापानबीचको मित्रवत् सम्बन्धलाई अझ सुदृढ बनाउन सबैको निरन्तर साथ र सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेको छ।
साथै, १५औँ नेपाल फेस्टिभल–२०२६ को सफल आयोजनामा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्याउने सम्पूर्ण व्यक्ति, संस्था तथा समुदायप्रति पुनः हार्दिक धन्यवाद, सम्मान र कृतज्ञता व्यक्त गरेको छ।




प्रतिक्रिया राख्नुहोस्