कला/मनोरन्जनकलिउड

भुवनले साम्राज्ञीबिरुद्ध दर्ता गरे १० करोड क्षतिपूर्ति माग गर्दै गाली बेइज्जतिको मुद्दा

आफूले डेब्यु गराएकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले दुव्र्यवहार गरेको भन्दै सााजिक सञ्जालबाट लगातार आक्रमण गरेपछि चलचित्र निर्माता, निर्देशक तथा अभिनेता भुवन केसीले शाहबाट आफ्नो गाली बेइज्जत भएको भन्दै काठमाडौं जिल्ला अदालतमा १० करोड रुपैयाँ क्षतिपूर्तिको माग गर्दै मुद्दा दायर गरेका छन् ।

साम्राज्ञीले भुवन केसी निर्माता रहेको ‘ड्रिम्स’ बाट नेपाली चलचित्र क्षेत्रमा डेब्यू गरेकी थिइन्। उनी भुवनकै छोरा अनमोल केसीसँग पहिलोपटक पर्दामा देखिएकी थिइन् । उक्त फिल्म व्यावसायिक रूपमा सफल भयो । यसबाट चलचित्र क्षेत्रमा अगाडि बढ्न प्रोत्साहन मिले पनि सँगसँगै खुट्टा तान्ने मान्छेहरूको सामना गर्नुपरेको उनले बताएकी छन् ।

अदालतका सूचना अधिकृत ज्ञानबहादुर कार्कीले दिएको जानकारी अनुसार केसीले शुक्रबार दिउँसो आफूलाई साम्राज्ञीले बेइज्जत गरेको उल्लेख गर्दै मुद्दा दर्ता गरेका हुन् ।

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले फिल्ममा काम गर्ने क्रममा आफू दुर्व्यवहारको शिकार भएको बताएकी थिइन्। केही समयअघि इन्स्टाग्राममा भिडिओ पोस्ट गर्दै उनले उक्त कुरा सार्वजनिक गरेकी थिइन् ।

आफूमाथि भएका दुर्व्यवहारका घटना बाहिर नल्याउन पटकपटक दबाव आउनुका साथै घटना सार्वजनिक गरे फिल्मी करिअर नै खत्तम पार्दिने डरसमेत देखाइएको उनले भिडियोमा भनेकी थिइन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.