कर्पोरेट/पर्यटन

राहत र उद्धारका लागि उडान अनुमति प्रदान गर्न वायुसेवा सञ्चालकको अनुरोध

वायुसेवा सञ्चालकको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घ नेपालले प्राकृतिक प्रकोपको अवस्थालाई मध्यनजर गरी ‘नन् सेड्युल’ उडान सञ्चालन अनुमति प्रदान गर्न सरकार समक्ष अनुरोध गरेको छ ।

बुद्ध एयर

सङ्घका अध्यक्ष क्या रामेश्वर थापाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै मौजुदा प्राकृतिक प्रकोपको अवस्थामा हवाई सेवाले राहत पुर्याउन सक्ने अवस्था रहेकाले सरकारबाट स्वीकृत हवाई भाडाको सीमाभित्र रही आवश्यकताअनुसार उडान सञ्चालनको अनुमति प्रदानका लागि अनुरोध गर्नुभएको हो ।

हालको अविरल वर्षाका कारण प्रायःजसो सबै राजमार्ग तथा लोकमार्गमा बाढी र पहिराले क्षतिग्रस्त भएकाले लामो दूरीका यातायात अति कष्टकर भएको भन्दै सङ्घले बाढी पहिराका कारण तुरुन्त राहत पु¥याउन एवं आवतजावत गर्न सम्भव नहुने भएकाले आन्तरिक उडान सञ्चालनले राहत पुग्ने जनाएको छ ।

आन्तरिक वायुसेवा कम्पनीले स्वास्थ्य मन्त्रालय तथा नेपाल नागरिक उड्डयन प्राधिकरणको कोभिड–१९ को निर्देशिकाअनुसार उडान सञ्चालनका लागि सम्पूर्ण तयारी गरी सकिएको र उडान सञ्चालनको ड्रिल गरी सकेको सङ्घलले उल्लेख गरेको छ । यसबाट भदौ १ देखि शुरु हुने नियमित उडान सञ्चालनको तयारीको आँकलन गर्न वायुसेवा कम्पनी तथा नियामक निकायलाई अवसर प्राप्त हुने उल्लेख गरेको छ । सरकारले भदौ १ गतेदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेको थियो । बन्दाबन्दीका कारण झण्डै पाँच महिनापछि हुने उडानको तयारीका लागि एयरलाइन्सले सुरक्षित उडानको तयारी गरिरहेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.