जन सरोकार

घरायसी विवाद हुँदा बुवाले गरे छोराको हत्या

आफ्नै छोरा २१ वर्षीय सरोज चौधरीको हत्या गरेको अभियोगमा रूपन्देहीको तिलोत्तमा नगरपालिका-१० मैनिहवा बस्ने ४५ वर्षीय सहसराम चौधरीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

घरायसी विवादको क्रममा बिहीबार बिहान सहसरामले चक्कु प्रहार गर्दा सरोज गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी महुवारिबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते भएका सरोजको मेडिकल कलेज भैरहवामा थप उपचारको क्रममा बिहीबार दिउँसो मृत्यु भएको हो ।

घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.