“सत्ताको विष पिएपछि रातारात आलिंगन !”
विचरा कमिनिष्टहरु ! अस्तिसम्म “काटाकाट्” गर्थे हिजाट “चाटाचाट” गर्न थाल्या छन् । सत्ता भन्ने कुरा यस्तो मन्द र खतरा बीष हुँदोरैछ कि एमाले र माओवादीहरु अघिपछि कैल्यै मिल्लान जस्तो देखिन्न् तर प्रदेशाँ सरकार बनाउने भनेछि रातारात ठालू नेताहरु आलिंगनमा ।
उनीहरुको आलिंगन, फोटो खिचाई, सम्झौता साटासाट गरी सामाजिक सन्जालाँ फोटो पोष्ट्याई झोलेहरलाई फटाफट आफ्नो हर्कत प्रष्ट्याई ७७ रै जिल्लाका झोलेहरुलाई के गरम् र कसो गरम् भन्ने बनाएर छोडे गाँठे वली र प्रचण्डले ।
कम्निष्टहरका चर्तिकला हेर्दा हेर्दा दिक्क भा बेलाँ कताट जेनजी जागेर तिनरकै चर्तिकलाले अल्ली फ्रेस भैयाथ्यो फेरि यो प्रदेश सरकारका नामाँ काँट वलीको सनकले प्रदेश सरकार डामाडोल भएछि फेरि दारा ङिच्याउँदै मुखामुख गर्या देख्दा रमिते जनतानि निस्लोट छन् ।
आज विचरा एमाले र माओवादीहरलाई भ्याई नभ्याई भाछ । हुन पनि एक्कै दिनाँ सातै प्रदेशाँ सरकार बनाउन पर्या छ । अन्त त केई छैन कर्नालियाँ भने एमालेको विजोग बनाएर छोडदिने भए माओवादीहरले ।
हिजो काँग्रेस शीत मिलेर त्यै एमालेलाई अविश्वास प्रस्ताव ल्याएर एमालेका मुख्यमन्त्रीलाई राजीनामा दिने गराए अनि आज तिनै एमालेका बाको निगाहमा सरकारको नेतृत्व तिनै एमालेसित मिलेर गर्नुपर्ने भएछि अब एमालेहरलाई कसरी हेर्लान र के भनेर एक आपसाँ चित्त बुझाउलान यार !
यो पटक सबैभन्दा ठूलो पिर त यामलालजीलाई भो बिविचरा । अघिल्लो दिन आफुमाथि अविश्वास ल्याउने शीत मिलेर भोलिपल्ट मुख्यमन्त्री तिनकै पाटीलाई दिन पर्ने कस्तो हरिविजोग ।
कतै पनि ठर न ठेगान नभाका प्रचण्ड शीत मिलेर गरिखानु सित्ति छ कि । ऐले स्थानीय चुनाउ आउनु अघिसम्म एमाले माओवादी मिलेर प्रदेशाँ रमाईलो गर्ने अनि पछि चुनाबाँ फेरि एमाले छोडेर प्रचण्ड काँग्रेसशीत मिलेर चुनाबाँ गै दिन बेर छैन ।
किनभने प्रचण्ड भन्ने जिनिस यस्ता चालू खेलाडी हुन कि जो लामो समय यौटैसित मिलेर कामै गर्न सक्दैनन । त्यसो त जङ्ग और राजनीति मे सबकुछ जायज है भनिने मात्रै हैन कि राजनीतयाँ स्थायी शत्रु नै हुन्न भनेरै त होला प्रचण्ड लाजघीन सब पचाएर सत्ता गठबन्धनमा मरिहत्ते गरेर लाग्या हुन्छन् ।
त्यो सदनको रोष्टमबाट वलीलाई भन्न केही बाँकी नराखेका अनि वलीले नि पाटी एकिकरणका नाममा प्रचण्डलाई बोलाएर थुर्नसम्म थुर्ने काम गर्ने यी कमिनिष्ट नेताहरु जनतालाई यतिसम्म चटक देखाउँदै हिँडछन् कि विचरा जनता साँच्चै यी नेताहरु अन्न खान्छन् कि भुष ? ठम्याउनै नसक्ने भए ।
विचरा सांसदहरु आफ्नै विबेकले आफ्नो प्रदेशको न त सरकार बनाउन सक्ने न त विकास गर्नसक्ने ? गणतन्त्रको नाममा यस्तो अपार संघीयता ल्याउने र रातदिन संविधान र कानुनको दुहाई दिने प्रचण्डले यस्तै लैबरिमा कतिन्जेल जनतालाई बेबकुफ बनाउने होलान ?
माओवादीको पछि लाएर राजनीतियाँ केकनै बैतरणी पार हुन्छु भनेर लाका माधब नेपालनि प्रचण्डको चुरीफुरि देखेर बोल्नु न बास्नु भा छन् ।
उनका दैनिक गतिविधिले मलाई नि कुन दिन प्रचण्डले थाङ्ना सुताएर मेरो रहल पहलको जिन्दगी नि तहस नहस पार्दिन्छन् कि भनेर आजकालत उनी पनि कोटेश्वरतिरै टोलाउन थाल्या छन् ।
हेरम् कमिनिष्टहरको चर्तिकलाले प्रदेशी सरकार कतिन्जेल चल्दा रैछन । यिनले देश बनाउने र जनता समृद्ध बनाउने हैनन् क्यारे बरु जनतालाई कति दिन मनोरञ्जन दिने हुन मनोरञ्जन गरम् बस खेलो खलाँस । कि कसो नेताजीहरु !



प्रतिक्रिया राख्नुहोस्