जन सरोकार

जिप्रका काठमाडौंबाट नगरपालिका अनुसार तोकिएको दिनमा मात्र सेवा पाइने

जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाका नगरपालिका अनुसार तोकिएको दिनमा तोकिएको नगरपालिकाभित्रका बासिन्दाले मात्र सेवा पाउने गरी नयाँ नियम ल्याएको छ । लकडाउन खुलेसगै उपत्यकामा कोरोनाभाइरस जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले सेवाग्राहीको भीडभाड कम गर्न सो नियम ल्याएको हो ।

साउन १८ गते आइतबारदेखि लागू हुने नयाँ नियम अनुसार काठमाडौं महानगरपालिकासहित सबै नगरपालिकाभित्रको नागरिकलाई पदान गरिने, नागरिकता प्रमाणपत्र, राहदानी लगायतका सेवा कार्यालयले तोकेको दिन तोकिएको नगरपालिकाभित्रका नागरिकले मात्र पाउनेछन् ।

जसअनुसार आइतबार काठमाडौं महानगरबासीले कार्यालयबाट सेवा पाउनेछन् । सोमबार कीर्तिपुर, नागार्जुन र चन्द्रागिरी नगरपालिकाका सेवाग्राहीले सेवा पाउनेछन् भने मंगलबार फेरि काठमाडौं महानगरबासीले सेवा पाउँछन् ।

त्यसै गरी बुधबार बुढानिलकण्ठ, टोखा, कागेश्वरी मनोहरा नगरपालिकाले र बिहीबार पुन काठमाडौं महानगरबासीले सेवा पाउँछन् । शुक्रबार गोकर्णेश्वर, दक्षिणकाली, शंखरापुर र तारकेश्वर नगरपालिकाका सेवाग्राहीले सेवा पाउनेछन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.