राजनीति
संविधान र विधिको शासनका पक्षमा उभिन जेनजी मुभमेन्टको आग्रह
‘जेनजी मुभमेन्ट नेपाल’ले देशका विभिन्न भागमा पछिल्लो समय देखिएको हिंसाका घटना, साम्प्रदायिक तनाव र सार्वजनिक सुरक्षा अवस्थाप्रति गम्भीर भई समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
जेनजी मुभमेन्ट अभियानका प्रवक्ता विजय शाहद्वारा आज जारी प्रेस विज्ञप्तिमा सुनसरीमा भएको हिंसात्मक घटनासहितका विषयमा स्वतन्त्र र निष्पक्ष अनुसन्धान गर्न सरकारसँग माग गरिएको छ ।
नागरिकको जीवन, स्वतन्त्रता र सुरक्षाको रक्षा गर्नु राज्यको दायित्व रहेको उल्लेख गर्दै विज्ञप्तिमा संविधान, कानुन, शान्ति, न्याय, विधिको शासन तथा लोकतान्त्रिक मूल्य मान्यताको पक्षमा दृढ रहन सबैसँग आग्रह गरिएको छ ।
विज्ञप्तिमा विद्यमान घटनाका सम्बन्धमा स्वतन्त्र, निष्पक्ष र विश्वसनीय छानबिन गर्न तथा अनुसन्धानको निष्पक्षता सुनिश्चित गर्न र दोषी देखिएकामाथि कारबाही गर्न आग्रह गरिएको छ ।




प्रतिक्रिया राख्नुहोस्