राजनीति

अर्थमन्त्री डा वाग्लेद्वारा लघुवित्त पीडितसँग वार्ता गर्न समिति गठन

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा समिति गठन गर्नुभएको गर्नुभएको छ ।

मन्त्रिस्तरीय निर्णय आज गर्दै उहाँले गठन गर्नुभएको वार्ता समितिका सदस्यमा कानुन मन्त्रालयका सहसचिव विनोदकुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल रहनुभएको छ ।

वार्ता समितिको सदस्य सचिवमा अर्थ मन्त्रालयका उपसचिव बोलराज आचार्य हुनुहुन्छ । समितिको पहिलो बैठक अहिले केही बेरमा अर्थ मन्त्रालयमा बस्दै छ ।

पीडितसँग आजै वार्ता गर्न समितिलाई अर्थमन्त्री वाग्लेले निर्देशन दिनुभएको छ । लघुवित्त पीडित गत साता विभिन्न माग राखेर काठमाडौँ आउनुभएको छ ।

पीडितले लघुवित्त संस्थाबाट भएको वित्तीय शोषण अन्त्य गर्न, किसानलाई सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउन, लिलामी वा मिनाहा प्रक्रियामा गुमाएका जग्गा फिर्ता गर्नलगायतका माग राख्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.