जापान

भूकम्पले क्षतिग्रस्त एक भवनबाट २५ बिरालाको उद्धार

ठूलो भूकम्पपछि विस्फोटले ध्वस्त भएको जापानको एक ‘सपिङ मल’भित्र फसेका २५ बिरालालाई उद्धार गरिएको जापानी उद्धारकर्मीहरूले बिहीबार जनाएका छन् । यसले सामाजिक सञ्जालमा ठूलो प्रशंसासँगै राहतको लहर छाएको छ ।

नर्वेली बिरालाहरू मोमो, कोहाकु, ताङ्गो, स्यान्डी अन्य बिरालाहरू मङ्गलबार ७.१ म्याग्निच्यूडको घातक भूकम्प जाँदा काशिमाको एओन मलको भुइँ तलामा रहेको क्याट क्याफे ‘मोफ्फ’मा थिए।

क्याफेका सञ्चालकहरूले भनेका छन्, “मल खाली गरिएको थियो र कर्मचारीहरू बिरालाहरू लिन फर्किएका बेला ग्यासबाट हुनसक्ने ठूलो विस्फोटको हल्ला भवनभरि फैलियो । त्यसपछि कर्मचारीहरू ‘हतारहतार भागे’।”

अधिकारीहरूका अनुसार दक्षिणपश्चिमी कुमामोतो क्षेत्रका भूकम्पमा कम्तीमा ३४ जनाको मृत्यु भएको छ। बुधबार दमकल सेवा, प्रहरी र मल सञ्चालकको अनुमति लिएर ‘मोफ्फ’का व्यवस्थापक भवनभित्र प्रवेश गरे र सबै २५ बिरालालाई सुरक्षित उद्धार गरे । बिरालाहरूलाई कुनै चोट लागेको थिएन ।

सोही दिन राति करिब १० बजे ती बिरालाहरूलाई जापानको पश्चिमी हिरोसिमा सहरमा सुरक्षित पु¥यायएको छ, त्यहाँ कम्पनीको अर्को क्याट क्याफे छ ।

“कुमामोतोबाट लामो यात्राका कारण थकानको चिन्ता थियो, तर आइपुगेपछि हामीले प्रत्येकलाई व्यक्तिगत हेरचाह दियौँ,” क्याफे सञ्चालकले भनेका छन् ।

सञ्चालकले भने, “अहिले बिरालाहरू ‘शान्त र स्थिर’ रूपमा समय बिताइरहेका छन्।” ‘लाइभडोर न्यूज’ ले सामाजिक सञ्जाल एक्समा पोस्ट गरेको बिरालाहरूको चमत्कारी उद्धारबारेको अनलाइन समाचार लेखलाई ७९ लाख व्यक्तिले हेरेका छन् ।

एक प्रयोगकर्ताले इन्स्टाग्राममा लेख्नुभएको छ, “मानिसहरू भन्छन् कि मानवीय जीवन पहिले आउँछ, तर मानवीय जीवन र बिरालाको जीवन दुवै समान रूपमा मूल्यवान छन् । सबै सुरक्षित भएकोमा खुशी छु।”

जापानमा क्याट क्याफे, ‘हेजहग’ देखि साना सुँगुरसम्म पाल्तु जनावरहरूसँग खेल्न सकिने अन्य यस्तै प्रतिष्ठानहरू भने विवादास्पद छन्।

“सम्भव भएसम्म तिनीहरूलाई फेरि क्याट क्याफेमा नपठाई अपनाउने घरहरू खोजिदिनुहोस् जहाँ उनीहरू प्रेमले सुरक्षित र सुनिश्चित जीवन बाँच्न सकून्,” अर्का प्रयोगकर्ताले इन्स्टाग्राममा लेखेका छन् ।

मलमा सात शव फेला परेको मानव क्षतिको सट्टा जनावरहरूमा मानिसहरूको ध्यान केन्द्रित भएको भन्दै पोष्टमा आलोचना पनि गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.