राजनीति

राष्ट्रपति पौडेलद्वारा गोपालमान श्रेष्ठको निधनप्रति समवेदना प्रकट

राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन भएकामा दुःख व्यक्त गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्नुभएको छ ।

राष्ट्रपति पौडेल आज प्रथम महिला सविता पौडेलसहित स्वर्गीय श्रेष्ठको सानेपास्थित निवासमा पुगेर शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्नुभएको हो ।

समवेदना व्यक्त गर्ने क्रममा राष्ट्रपति पौडेलले विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय श्रेष्ठले लोकतन्त्रको स्थापना, पुनःस्थापना तथा सुदृढीकरणका लागि भएका सङ्घर्षमा पु¥याउनुभएको नेतृत्वदायी भूमिका तथा राष्ट्रप्रतिको समर्पणको सराहना गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.