राष्ट्रियसभामा श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित
राष्ट्रियसभाको शुक्रबारको बैठकले संविधानसभा सदस्य एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित गरेको छ । शुक्रबारको बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रस्तुत गर्नुभएको सो प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो ।
संविधानसभा सदस्य श्रेष्ठप्रति शोक प्रकट गर्दै सभाले शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । बैठकमा सदस्यहरूले एक मिनेट मौन धारणा पनि गर्नुभयो । स्वर्गीय श्रेष्ठको ८९ वर्षको उमेरमा यही साउन १२ गते निधन भएको हो ।
स्वर्गीय श्रेष्ठ नेपाली कांग्रेसका तर्फबाट २०४८ सालको निर्वाचनमा स्याङजा जिल्लाको आमनिर्वाचनमा निर्वाचन क्षेत्र नम्बर १ बाट, २०५६ सालको आमनिर्वाचन र २०६४ को संविधानसभा सदस्यमा स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित हुनुभएको थियो । साथै २०७० सालमा उहाँ संविधानसभा सदस्य हुनुभएको थियो ।
राष्ट्रियसभाको अर्को बैठक यही साउन १८ गते सोमबार अपराह्न १ः१५ बजे बस्नेछ ।




प्रतिक्रिया राख्नुहोस्