जापान

कावासाकीमा खुल्यो मौलिक नेपाली रेस्टुरेन्ट 'ससुराली'

जापानको कावासाकीमा आज (अगष्ट १ तारिक शनिवार)देखि मौलिक नेपाली रेष्टुरेन्ट संचालनमा आउनु भएको छ । ‘ससुराली’ नाम दिइएको सो रेष्टुरेन्ट कावासाकी र क्योकु-कावासाकी स्टेसन नजिकै संचालन गरिने भएको छ ।

जापानमा रहेका नेपालीहरू सहित अन्य विदेशी र जापानीहरूलाई समेत नेपाली खानाको विशुद्ध स्वाद दिनका लागि ससुरालीको संचालन गरिन लागेको ससुराली समूहका प्रवन्धनिर्देशक ढुण्डिराज आचार्यले जानकारी दिनुभयो ।

आचार्यले पछिल्लो समय जापानमा नेपाली रेस्टुरेन्टहरू खुल्ने क्रम बढ्दो रहेपनि हामी भने त्यो भीडमा अलग्गै बन्नेमा विश्वार लिएको बताउनुभएको छ । उहाँले नेपालीहरूको लागि विशिष्ट विशेषता रहने ससुराली झैं सो रेस्टुरेन्ट पनि साँच्चिक्कै सबैको ससुराली झैं हुने दावी गर्नुभएको छ ।

जेआर कावासाकी स्टेसनबाट पैदल करिव ३ मिनेट र केइकु कावासाकी स्टेसनबाट पैदल करिव १ मिनेटको दूरीमा मात्रै रहेको ससुराली नेपाली टिपिकल रेस्टुरेन्टमा २ सय जनासम्म अटाउनसक्ने क्षमताको छुट्टाछुट्टै कोठाको ब्यवस्था रहेको ब्यवस्थापनले जनाएको छ । सो रेस्टुरेन्ट एकीमाए होन्चो २०-१ मा रहेको क्योदो बिरूको पाँचौं र छैठौं तल्लामा संयुक्त रूपमा संचालनमा ल्याइने भएको छ ।

प्रवन्ध निर्देशक आचार्यले ससुराली नेपाली टिपिकल रेस्टुरेन्टमा रहेको खानाको मूल्य अहिलेसम्मकै सबैभन्दा सस्तो रहेको दावी गर्दै मूल्यको हिसाबमा खानाको स्वाद, गुणस्तर र मात्रामा कुनै सम्झौंता नगर्ने स्पष्ट पार्नुभयो ।

“हामी ससुरालीमा आएका कुनैपनि ग्राहकलाई पूर्ण सन्तुष्टि दिनमा प्रतिवद्ध छौं,” उहाँले भन्नुभयो, “कुनै पनि ग्राहकले खानामा कुनै पनि किसिमको कमजोरी स्पष्ट कारणसहित देखाउनु भयो भने त्यो खानाको पैसा नलिन पनि तयार छौं ।”

पारिवारिक भेटघाट, विभिन्न कार्यक्रम, विवाह(व्रतवन्ध, जन्मदिन, पास्नी, बेवी सावर, चाडवाडको जमघट, वार्षिकोत्सव, स्वागत-विदाई आदिका लागि ससुराली नेपाली टिपिकल रेस्टुरेन्ट नै उत्कृष्ट रोजाई र स्थान हुनेमा ससुराली समूहको विश्वास छ ।

दशकौंदेखि विभिन्न होटलमा सबै किसिमका स्वादहरू दिन सक्ने गरी उत्कृष्ट रूपमा कुक काम गर्दैं आएकाहरूबाट विभिन्न सर्वोत्कृष्ट परिकारहरू तथा खाना तयार गरिने ससुराली नेपाली टिपिकल रेस्टुरेन्टको दावी छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.