जन सरोकार

हेटौँडामा आज सद्भाव र्‍याली गरिने

बागमती प्रदेशको राजधानी तथा मकवानपुुर जिल्लाको सदरमुुकाम हेटौँडामा आज (शनिबार) बृहत सद्भाव र्‍याली आयोजना गरिने भएको छ ।

सुनसरी, सिरहासहित तराई-मधेसका जिल्लामा भएका घटना र त्यसपश्चात् भइरहेका प्रदर्शनका कारण प्रतिकूल अवस्था सिर्जना हुन नदिन र सम्पूर्ण समुदायबीच आपसी सद्भाव, मेलमिलाप, भाइचारा तथा सहिष्णुता कायम राख्न हेटौँडामा बृहत सामाजिक सद्भाव र्‍याली गर्न लागिएको हो ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका तर्फबाट सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले शुक्रनर नै आज हुने सद्भाव र्‍यालीमा सहभागिताका लागि सबैलाई आह्वान गरिसक्नु भएको छ ।

आज दिउँसो ४ः०० बजे हेटौँडा उपमहानगरपालिका-४ हुप्राचौरमा जम्मा भई बृहत सामाजिक सद्भाव र्‍याली गर्न लागिएको जनाउँदै उहाँले सहभागिताका लागि सबैलाई अपिल गर्नुभएको हो ।

सम्पूर्ण धार्मिक सङ्घसंस्थाका अगुवा तथा प्रतिनिधि, विभिन्न धर्मसंस्कृतिमा आस्था राख्ने धर्मावलम्बीहरू, जिल्लास्थित राजनीतिक दल, जनप्रतिनिधिहरू, विभिन्न हितसमूहहरू, अधिकारकर्मीहरू, आमसञ्चारकर्मी, टोल विकास संस्था, गैरसरकारी संस्था, नागरिक समाज, सुरक्षा निकाय, सरकारी निकायका कर्मचारीलगायत आमजनसमुदायको सहभागितामा र्‍यालीलाई सफल बनाउन पनि प्रशासनले सबैमा अनुरोध गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.