राजनीति

नेम्वाङ र खनाललाई साक्षी राखेर ओली प्रचण्डले खोले आशंकाको गाँठो

शक्ति संघर्षको चरम उत्कर्षमा पुगेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले आपसी आशंकाको गाँठो फुकाएका छन् ।

लामो समयदेखि संवादहीनताको स्थिति तोड्दै अध्यक्षद्वयबीच बिहान पौने दशबजेबाट सुरु भएको छलफल झण्डै पौने चारघण्टा चलेको थियो । आइतबारको छलफलका लागि महासचिव बिष्णु पौडेलको सहजीकरण गर्नुभएको थियो । दुई अध्यक्षबीच भएको छलफलका विषयलाई गलत ढंगले समेत प्रचार हुने गरेकाले छलफलमा अध्यक्ष ओलीले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र अध्यक्ष प्रचण्डले बरिष्ठ नेता झलनाथ खनाललाई साँक्षीको रुपमा राख्नुभएको थियो ।

साक्षीसहितको छलफल दुई अध्यक्षबीच कायम रहेको आशंका मेटाउनुका साथै सहमतिउन्मुख रहेको एक नेताले बताएका छन् । दुई अध्यक्षबीच सहमतिबाटै निकास खोज्न गम्भीर रहनुभएको बताइएको छ ।

समाचार सूत्रका अनुसार छलफलमा प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले केन्द्रीय कमिटीले महाधिवेशनको मिति तोकिसकेको कारण महाधिवेशनतिरै केन्द्रित भएर समस्याको निकास दिनुपर्ने बताउनु भएको छ । गत माघमा सम्पन्न नेकपाको केन्द्रीय कमिटी बैठकले आगामी चैत २५–३० मा एकता महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

सचिवालय बैठकमा अध्यक्ष ओलीले मंसिरमा अर्लि महाधिवेशन गर्ने प्रस्तावमा सचिवालयले सर्वसम्मत निर्णय गरेपनि त्यसबाट अध्यक्ष प्रचण्ड पछि हटेपछि दुई अध्यक्ष आमने सामने देखिनुभएको हो ।

आइतबारको छलफलमा केन्द्रीय कमिटीले मिति तोकिसकेको र सचिवालयमा समेत सर्वसम्मत महाधिवेशनमा जाने निर्णय भएकोले सोही आधारमा दुवै अध्यक्षको तर्फबाट सचिवालय बैठकमा प्रस्ताव लैजाने र सचिवालयबाट निर्णय गराई स्थायी कमिटीमा अनुमोदन गर्नुपर्ने धारणा अध्यक्ष ओलीले राख्नुभएको छ ।

अर्का अध्यक्ष प्रचण्डले पनि महाधिवेशनबाट आफू भाग्न नखोजेको भन्दै थप छलफल गरी ठोश धारणा बनाउनु पर्ने जानकारी दिनुभएको र अध्यक्षद्वयबीच पुनः छलफल अघि बढेको भन्दै निकास आउने संकेत बार्तामा साक्षी रहेका दुवै नेताले गर्नुभएको एक नेताले बताएका छन् ।

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.