सुकुम्बासी सम्बन्धी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता
प्रतिनिधिसभामा भूमिहीन, सुकुम्बासीका तथा अव्यवस्थित बसोबासी नागरिकको अवस्था र व्यवस्थापन सम्बन्धीको जरुरी सार्वजनिक महत्त्वको विषय प्रस्तुत गरिएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे प्रस्तावक रहेको उक्त प्रस्तावको समर्थकमा नेकपा (एमाले) का प्रमुख सचेतक ऐनबहादुर महर र नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलाल र श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राई रहनुभएको छ ।
नेता आङ्देम्बेले तत्काल गर्नुपर्ने कामको साझा कार्ययोजना तयार पारी कार्यान्वयन सुरु गर्न उक्त प्रस्ताव ल्याइएको बताउनुभयो । उहाँले सभामुखमार्फत सरकारलाई सात दिनभित्र एकीकृत कार्ययोजना सार्वजनिक गर्न माग गर्नुभयो ।
सरकारले प्रत्येक १५ दिनमा प्रगति विवरण समितिमा पेस गर्नुपर्ने र समस्या समाधान नभएसम्म मासिक रूपमा सदनलाई जानकारी गराउनुपर्ने प्रस्तावमा उल्लेख छ ।




प्रतिक्रिया राख्नुहोस्