हर्मुज जलमार्ग पुनः खोल्न र इरानको आणविक निःशस्त्रीकरण वार्ताको अर्को चरण हुने : ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको पहिलो चरणको छलफलपछि स्ट्रेट अफ हर्मुज पूर्णरूपमा खोल्ने विषयमा छलफल भइरहेको बताउनुभएको छ ।
उहाँले वार्ताको अर्को चरण इरानको आणविक निःशस्त्रीकरणमा केन्द्रित हुने बताउनुभयो । तेहरानको आणविक क्षमतालाई अन्त्य गर्ने वासिङ्टनको उद्देश्य रहेको कुरामा जोड दिँदै उहाँले दोस्रो चरणमा इरानको आणविक कार्यक्रममाथि छलफल हुने बताउनुभयो ।
यसअघि अन्तरक्रियाका क्रममा ट्रम्पले इरानलाई सम्झौतामा पुग्न ‘अन्तिम मौका’ दिइएको बताउनुभएको थियो । साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स ९युएई० कतार र इरानले कूटनीति अगाडि बढाउन अनुमति दिन अनुरोध गरेपछि अमेरिकाले नियोजित सैन्य आक्रमण रोकेकोसमेत उहाँले दाबी गर्नुभयो ।
तेहरानको अनुरोधमा वार्ता भइरहेको दाबी गर्दै उहाँले साउदी अरेबिया र युएईको समर्थनमा र विशेष गरी कतारको समर्थनमा इरानलाई अन्तिम मौका दिन चाहेको प्रष्ट पार्नुभयो ।
तेहरान वासिङ्टनसँग द्विपक्षीय वार्तामा संलग्न नभएको भन्दै इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले अमेरिकासँग प्रत्यक्ष वा अप्रत्यक्ष वार्ताको रिपोर्ट अस्वीकार गरेपछि ट्रम्पको टिप्पणी आएको जनाइएको छ ।
यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै इरानसँग वार्ता जारी रहेको दाबी गर्दै तेहरानलाई सम्झौतामा पुग्न ‘अन्तिम अवसर’ रहेको चेतावनी दिनुभएको थियो ।
इरानले भने वासिङ्टनसँग प्रत्यक्ष वार्ता भइरहेको दाबी अस्वीकार गर्दै आफूहरूको संवाद केवल हर्मुज जलघाँटीमा सुरक्षित जलमार्ग सुनिश्चित गर्ने विषयमा ओमानसँग केन्द्रित रहेको जनाएको छ ।
राष्ट्रपति ट्रम्पले साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतारलगायत क्षेत्रीय मुलुकहरूको आग्रहमा इरानसँग संवाद जारी राख्न सहमत भएको बताउनुभयो ।
उहाँले इरानले अस्वीकार गरे पनि दुवै पक्षबीच वार्ता भइरहेको दाबी गर्दै तेहरानलाई उपयुक्त दस्तावेजमा हस्ताक्षर गर्ने अन्तिम अवसर दिइएको उल्लेख गर्नुभयो ।
ट्रम्पका अनुसार वार्ताको मुख्य उद्देश्य हर्मुज जलघाँटी पुनः सञ्चालनमा ल्याउनु र इरानको आणविक कार्यक्रमलाई निःशस्त्रीकरणतर्फ लैजानु हो । उहाँले हर्मुज निकट भविष्यमा खुल्न सक्ने सम्भावना रहेको तर आणविक निःशस्त्रीकरण प्रक्रियाले केही समय लाग्न सक्ने बताउनुभयो ।
यद्यपि इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले अमेरिका र इरानबीच प्रत्यक्ष वार्ता नरहेको स्पष्ट पार्नुभएको छ ।
उहाँका अनुसार ओमानसँग हर्मुज जलघाँटी हुँदै सुरक्षित आवागमनको व्यवस्थाबारे छलफल भइरहेको हो । उहाँले सम्भावित सहमतिले जलघाँटी तत्काल खुल्ने अर्थ नलाग्ने पनि स्पष्ट गर्नुभएको छ ।
्गत फेब्रुअरी २८ देखि अमेरिका र इजरायलले इरानमाथि संयुक्त आक्रमण सुरु गरेपछि दुवै पक्षबीच द्वन्द्व जारी छ ।
बीचमा केही समय कूटनीतिक प्रयासका कारण तनाव कम भए पनि इरानले अझै पनि मिसाइल र ड्रोन आक्रमण गर्ने क्षमता कायम राखेको तथा समृद्ध युरेनियमको मौज्दात सुरक्षित राखेको अमेरिकी पक्षको दाबी छ ।




प्रतिक्रिया राख्नुहोस्