जल/वातावरण

वीरगञ्जमा एकै दिन १ सय ३३ जना कोरोना संक्रमित : दुईजनाको मृत्यु

कोरोना भाइरस संक्रमणको संख्या र संक्रमितहरुको मृत्युले आक्रान्त रहेको व्यावसायिक शहर वीरगञ्जमा बुधबार एकै दिन १ सय ३३ जना व्यक्तिलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यसै गरी पर्सामा बुधबार नै कोरोना १८ वर्षीया किशोरी र ४६ वर्षीय पुरुषको मृत्यु भएको छ ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले दिएको जानकारी अनुसार सोही अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये १७ जना बारा जिल्लाका र बाँकी सबै पर्साका छन् । उनीहरू ८ वर्षदेखि ७४ वर्षसम्मका रहेका छन् ।

पछिल्लो समय वीरगन्जमा कोरोना संक्रमणको जोखिम ह्वात्तै बढेको छ । सोही अनुसार वीरगन्जमा परीक्षणको दायरा पनि बढाइएको छ । स्वास्थ्य मन्त्रालयले वीरगन्जका लागि भनेर स्वास्थ्य विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंह नेतृत्वको उच्चस्तरीय टोली खटाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.