अर्थ
वाणिज्य बैंकतर्फ नबिल र विकास बैंकतर्फ रेसुङ्गाले जित्यो अवार्ड
चौँथो आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डबाट नेपालको वाणिज्य बैंकका तर्फबाट नबिल र विकास बैंकका तर्फबाट शाइन रेसुङ्गा डेभलममेन्टले पाएका छन् ।
भारतको वाणिज्य तथा उद्योग क्षेत्रको प्रतिष्ठित संस्था इण्डियन चेम्बर अफ कमर्स (आइसिसी) ले नयाँदिल्लीमा गरेको चौँथो आइसिसी इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एण्ड अवाड्र्समा नबिल बैंकले वाणिज्य बैंकका तर्फबाट र विकास बैंकका तर्फबाट रेसुङ्गाले ‘बेष्ट बैंक अवार्ड’ जितेका हुन् ।
शाइन रेसुङ्गाले ‘बेस्ट डेभलपमेन्ट बैंक अवार्ड’सँगै ‘बेस्ट पर्फर्मेन्स अन प्रोफिटेबिलिटी’ र ‘बेस्ट पर्फर्मेन्स अन ग्रोथ’ गरी तीन विधामा अवार्ड प्राप्त गरेको छ ।




प्रतिक्रिया राख्नुहोस्