जन सरोकार
केयर बालगृहमा रहेका एघार बालबालिकाको उद्धार
केही दिनअघि केही दिन अघि चौरमा बालक भेटिएको भनी प्रचार गर्दै सहयोग संकलन गरिएको आरोप लागेको काठमाडौँको कपनस्थित केयर बाल गृहबाट बुधबार ११ बालबालिकाको उद्धार गरिएको छ ।
विदेशबाट आएकी चितवनकी एक महिलाले बच्चा जन्माएपछि चौरमा बालक लगेर छाडी भेट्टाएको भनी प्रचार गरिएपछि उक्त गृहका सञ्चालक पुष्पा अधिकारीको गतिविधि विवादित भएको थियो ।
बुधबार बूढानिलकण्ठ नगरपालिकाको सहयोगमा बालबालिका खोजतलास केन्द्र र राष्ट्रिय बालअधिकार परिषद्को टोलीले उद्धार गरेको हो । अहिले ती बालबालिकालाई सरकारले स्थापना गरेको अस्थायी बाल संरक्षण केन्द्रमा राखिएको परिषद्का कार्यक्रम व्यवस्थापक नमूना भुषालले जानकारी दिनुभयो । भुषालका अनुसार उक्त गृह कम्पनीमा दर्ता भएको पाइएको छ ।
प्रतिक्रिया राख्नुहोस्