अर्थ

एक तोला सुनको मूल्य एक लाख दुई हजार पाँच सय

कोभिड–१९ को महामारीका कारण अन्तरराष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा बिहिबार अप्रत्यासित रुपमा बढेको छ ।

बुधबार प्रतितोला रु एक लाख एक हजार ४०० मा कारोवार भएको पहेँलो धातुमा आज रु एक हजार १०० ले वृद्धि भएको छ । बजार खुल्नेबित्तिकै छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार ५०० कायम भएको छ भने सोही परिमाणको तेजाबी सुनको मूल्य रु एक लाख दुई हजार २०० निर्धारण गरिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारको तुलनामा आज चाँदीको मूल्य रु ५० ले बढेको छ । एक तोला सेतो धातुको मूल्य आज रु एक हजार ३४५ निर्धारण भएको छ । कोभिड–१९ को सङ्क्रमण रोक्न बन्दाबन्दी लागू गरिएयता जेठ २५ गते एक तोला सुनको मूल्य रु १० हजार ४०० ले बढेर रु ८७ हजार पुगेको थियो । त्यसयता सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.