जन सरोकार

बाघ मानव बस्तीमा पसेर आक्रमण गर्नुको कारण (भिडियो)

पृथ्वीको पारिस्थितिकी प्रणाली( इको सिस्टम)मा सर्वाधिक महत्वपूर्ण भूमिका निर्वाह गर्ने पाटे बाघ विश्वबाट लोभ हुने अवस्थामा पुगेको छ ।

बाघ लोप हुने खतरा बढेपछि यसको संरक्षण र संख्या वृद्धिमा विश्वव्यापी अभियान चलिरहेको छ । करिब ३.३ मिटर लामो शरीर, ३०० किलोग्राम तौल र ४ इन्चसम्म लामा तीखा दाँत हुने बाघ हिंस्रक भए पनि सुन्दर जनावर हो ।

विशाल शरीर र शक्तिका अलावा सेतो वा गाढा सुन्तला रंगको भुत्लाले ढाकेको शरीरमा हुने काला पाटाहरूका कारण बाघ निकै सुन्दर हुन्छन् ।

बाघको छाला एकदमै आकर्षक हुने भएकोले यसलाई सजावटको सामाग्रीको रूपमा प्रयोग गरिन्छ । यही आकर्षणका कारण पनि छाला र भुत्लाका लागि बाघको चोरी शिकारी बढिरहेको छ ।

लोप हुँदै बाघको संख्या वृद्धि गर्ने विश्वव्यापी अभियानमा नेपालले पूर्ण सफलता पाउँदै गरेसंगै मानव र बाघको द्वन्द्व बढ्न थालेको छ । बाघको संख्या बढेसंगै यसको बासस्थान र आहारको अभाव हुँदा मानव बस्तीमा बाघ पस्न थालेको छ ।

बाघ किन मानव बस्ती पस्छ ? यसको विस्तृत जानकारीका लागि यो भिडियो हेर्नुहोस्-

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.