जन सरोकार

भन्सार छलेर ल्याइएका १२ लाख ५० हजारका कपडा बरामद

भन्सार छलेर ल्याइएका रु १२ लाख ५० हजार मूल्य बराबरका कपडा बरामद गरिएको छ । सशस्त्र प्रहरी बलको टोलीले झापाको बुद्धशान्ति गाउँपालिका–७ सुनमाई चियाबगान र मेचीनगर नगरपालिका–६ स्थित बसपार्कबाट ती कपडा बरामद गरेको हो ।

कपडा बरामद

बुद्धशान्ति–७ सुनमाई चियाबगानबाट परिचालन भएको सशस्त्रको टोलीले रु १० लाख बराबरको कपडा बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं २ गणका सूचना अधिकारी सुमन पोखरेलले जानकारी दिनुभयो ।

यसैगरी अर्को टोलीले मेचीनगर–६ बसपार्क इलाकाबाट भन्सार छलेर ल्याइएको रु दुई लाख ५० हजार बराबरको कपडा बरामद गरेको सूचना अधिकारी पोखरेलले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.