विश्व समाचार

बङ्गलादेशको राष्ट्रपतीय चुनाव अगस्ट २० मा हुने

बङ्गलादेशको राष्ट्रपतीय चुनाव अगस्ट २० मा हुने बङ्गलादेशको निर्वाचन आयोगले बिहीबार घोषणा गरेको छ । आयोगका वरिष्ठ सचिव अख्तर अहमदले ढाकामा पत्रकार सम्मेलनमा यो घोषणा गर्दै नामाङ्कन पत्र अगस्ट १३ सम्म बुझाउनुपर्ने बताउनुभयो ।

उहाँले राष्ट्रपतीय चुनावका लागि संसद् सचिवालयबाट ३५० सांसदहरू समावेश भएको मतदाता नामावली आयोगले पहिले नै प्राप्त गरिसकेको बताउनुभयो ।

बङ्गलादेशका राष्ट्रपति मोहम्मद शाहाबुद्दीन चुप्पुले जुलाई २४ मा गम्भीर बिरामी रहेको कारण देखाउँदै बङ्गलादेशको संसद््का सभामुख हाफिज उद्दीन अहमदलाई पत्र बुझाएर राजीनामा दिनुभएको थियो ।

संसद् सचिवालयले त्यसपछि सञ्चारमाध्यमलाई उहाँको राजीनामापछि संसद््का सभामुख हाफिज उद्दीन अहमदले संविधानअनुसार राष्ट्रपतिको कार्यभार सम्हाल्न सुरु गर्नुभएको जानकारी गराएको थियो ।

बङ्गलादेशको संविधानअनुसार सांसदहरू नै राष्ट्रपतीय चुनावका मतदाता हुन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.