जन सरोकार
एउटै टोलका आठजनामा कोरोना संक्रमण देखिएपछि हाँडीगाउँ-गहनापोखरी क्षेत्र सिल

हाँडीगाउँ गहना पोखरी क्षेत्रमा नेपाल प्रहरी, प्रहरीका परिवार र स्थानीय घर धनीहरु गरी एउटै टोलमा आठ जनालाई कोरोना भाइरस संक्रमण देखिएपछि सो क्षेत्र सिल गरिएको छ ।
काठमाडौं महानगरपालिका वडा नं ५ का अध्यक्ष रमेश डंगोलले दिएको जानकारी अनुसार गहनापोखरीबाट पूर्वतर्फ पर्ने हाँडीगाउँको कोटाल टोलमा कोरोना संक्रमितहरु फेला परेपछि सो क्षेत्र सिल गरिएको हो ।
त्यहाँ अघिल्लो बिहीबार एक प्रहरीमा सुरुमा कोरोना संक्रमण पुष्टि भएको थियो । प्रहरीका परिवारमा थप चार जनामा पनि कोरोना देखिएको थियो । उनीहरुको सम्पर्कमा रहेकाको स्वाब संकलन गरेर परीक्षण गर्दा शुक्रबार थप पाँच जनामा कोरोना पुष्टि भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्