राजनीति
सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनमा बाधा-अड्काउ फुकाउ आदेश
बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलापका लागि बनेको ऐनमा रहेको अप्ठ्यारा फुकाउन राष्ट्रियसभामा बाधा अड्काउ फुकाउ आदेश पेस भएको छ ।
राष्ट्रियसभाको बुधबारको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले सो ऐनको दफा ४२ बमोजिम आदेश पेस गर्नुभएको हो ।
उहाँले नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ को दफा ४२ बमोजिमको बाधाअड्काउ फुकाउ आदेश सभासमक्ष पेस गर्नुभएको हो ।
बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धीको पत्र पढेर सुनाउनुभएको थियो । अर्को बैठक आगामी भदौ ६ गते सोमबार बस्ने गरी स्थगित भएको छ ।
प्रतिक्रिया राख्नुहोस्