जन सरोकार

तीन सय दुई किलो गाँजासहित एक जना पक्राउ

सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका-८ जोगिनियाबाट अवैध लागुऔषध गाँजा करिब ३०२ किलो ४८० ग्रामसहित एक जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटिएको प्रहरीले १२ वटा बोरामा रहेको उक्त परिमाणको गाँजासहित हनुमाननगर कङ्कालिनी-७ मुखिया टोल बस्ने ५३ वर्षीय माधुरी मुखियालाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.