जल/वातावरण

मकवानपुरमा १० प्रहरीसहित ३७ जनामा कोरोना संक्रमण

बुधबार विहान मकवानपुरमा १० प्रहरीसहित थप ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मकवानपुर जिल्ला अस्पतालका आइसोलेसन वार्ड प्रमुख भोला चौलागाईंका अनुसार सोमबार र मंगलबार संकलन गरिएको स्वाब परीक्षण गर्दा विहीबार ३७ जनामा कोरोना संक्रमण देखिएको हो ।

संक्रमितहरुमध्ये हेटौंडा उपमहानगरपालिका वडा नं ९ का ७ जना, वडा नं ५ का ४ जना, वडा नं ४ का ४ जना, वडा नंं २, १० र १३ का १–१ जना संक्रमित फेला परेका छन् ।

यसैगरी भिमफेदी गाउँपालिकाका ३, थाहा नगरपालिकाका २, बकैया गाउँपालिकाका २ तथा चितवन र काठमाडौंका १–१ जनामा पनि कोरोना पुष्टि भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.