जल/वातावरण

५ सय २५ जनामा कोरोना सङ्क्रमण, ४ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा ५०० भन्दा बढी नयाँ व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएकोे छ । यससँगै नेपालमा कोरोना सङ्क्रमित २४ हजार ९५७ जना पुगेका छन् भने थप चारजना सङ्क्रमितको मृत्यु भएको छ । यससँगै कोरोना सङ्क्रमित मृतक ९५ जना पुगेका छन् ।

बिहिबार कोरोनाबाट मृत्यु पुष्टि भएकाहरुमा महोत्तरी, धनुषा, अछाम र मोरङमा एकएक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।

मृत्यु हुनेहरुमा महोत्तरीको मटिहानी नगरपालिका वडा नं ६ का ४५ वर्षीय एक पुरुषको उपचारका क्रममा राम जानकी अस्पतालमा यही साउन २५ गते मृत्यु भएको हो । उहाँ क्षयरोग तथा मधुमेहका रोगी हुनुहुन्थ्यो । त्यस्तै धनुषाको मिथिला नगरपालिका वडा नं ७ ढल्केबरका ८५ वर्षीया महिलाको यही साउन २८ गते मृत्यु भएको छ । उहाँ बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत हुनुनुन्थ्यो ।

त्यस्तै अछामको रामारोशन गाउँपालिका वडा नं ५ का १८ वर्षीय एक पुरुषको यही साउन २८ गते उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको छ । उहाँ मुटुरोगी हुनुहुन्थ्यो । त्यसैगरी मोरङ जिल्लाको विराटनगर महानगरपालिका वडा नं ३ का ५७ वर्षीय एक पुरुषको यही साउन २८ गते उपचारका क्रममा कोशी अस्पताल विराटनगरमा मृत्यु भएको छ । उहाँ उच्च रक्तचाप तथा मधुमेहका बिरामी हुनुहुन्थ्यो ।

बिहिबार देशका विभिन्न प्रयोगशालामा नौ हजार ८५९ जनामा गरिएको पिसिआर परीक्षणमा ५२५ व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो भने पछिल्लो २४ घण्टामा थप १०९ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यससहित नेपालमा हालसम्म १६ हजार ८३७ उपचारपछि निको भएका छन् ।

काठमाडौँ उपत्यकामा बिहिबार १ सय २७ जनामा कोरोना सङ्क्रमित पुष्टि भएको छ । काठमाडौँमा १११, ललितपुरमा ११ र भक्तपुरमा पाँच जना कोरोना सङ्क्रमित थपिएका हुन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.