राजनीति

ओली-प्रचण्डको सहमतिमा नेकपा विवाद मिलाउन छ सदस्यीय कार्यदल गठन

आन्तरिक विवाद र शक्तिसंघर्षमा फसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद समाधानका लागि सुझाव पेश गर्न कार्यदल गठन भएको छ । पार्टीको विद्यमान आन्तरिक विवादको समाधानका लागि शुक्रबार बिहान ११ बजेदेखि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफलपछि कार्यदल गठन गरिएको हो ।

दुवै अध्यक्षको सहमतिमा समस्याको समाधानका लागि यथाशक्य छिटो गृहकार्य गरी सुझाव प्रस्तुत गर्न महासचिव विष्णुप्रसाद पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन भएको हो ।

कार्यदलले चाँडोभन्दा चाँडो पार्टीभित्रका समस्या समाधानका लागि एकीकृत सुझाव दिने महासचिव पौडेलले बताउनुभएको छ ।

कार्यदल तीन नेता अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली, प्रचण्ड र माधव नेपाल समूहका दुई दुई जनाको प्रतिनिधित्व हुने गरी गठन भएको छ । कार्यदलका अन्य सदस्यमा नेताहरु भीमबहादुर रावल, शङ्कर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल र सुरेन्द्रप्रसाद पाण्डे हुनुहुन्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.