राजनीति

प्रधानमन्त्री ओली र मोदीबीच टेलिफोन संवाद : कोरोना नियन्त्रणमा सहकार्य गर्ने


नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गरेसंगै उत्पन्न संवादहिनताको अन्तय भारतीय स्वतन्त्रता दिवसका दिन तोडिएको छ । भारतको ७४ औंं स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच फोनवार्ता गर्दै संवादहिनताको अन्त्य गर्नुभएको छ ।

करीब ११ मिनेट भएको फोनवार्तामा दुई प्रधानमन्त्रीबीच कोरोना रोकथाम र नियन्त्रणका लागि आ–आफ्नो देशले गरेका कामका विषयमा अनुभव आदाप्रदान गर्नुका साथै कोरोना नियन्त्रणमा मिलेर जाने विषयमा ओली र मोदीबीच कुराकानी भएको थियो ।

दुई प्रधानमन्त्रीबीच दिउँसो भएको टेलिफोन संवादका क्रममा भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे पनि जानकारी लिनसभएको थियो ।

नक्सा प्रकरणसंगै भारतले आफूलाई प्रधानमन्त्रीबाट हटाउन लागिपरेको आरोप लगाउनुभएका प्रधानमन्त्री ओलीले भानु जयन्तीका अवसरमा राम भारतको अयोध्यामा नभई नेपालकै ठोरीमा रहेको अयोध्यामा जन्मिएको अभिव्यक्ति दिएपछि भारत थप सशंकित बनेको थियो ।

नेपाल र भारतबीच उत्पन्न तिक्तता मेटाउन प्रधानमन्त्री तहमै संवाद हुनुपर्ने आवाजन उठिरहेका बेला शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुक भारतका आफ्ना समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरेर भारतको ७४ औँ स्वतन्त्रता दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.