जन सरोकार

सैनिक अदालतबाट दोषी ठहरिएका सहायक रथीसहित तीनजना बर्खास्त

पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा कार्यरत रहँदा सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसुर गरेको अभियोगमा सैनिक अदालतले नेपाली सेनाका तीन जना अधिकारी सैनिक सेवाबाट बर्खास्त गरेको छ ।

समरी जनरल सैनिक अदालतले सहायक रथी प्रयोग जबरा, महासेनानी नवीन सिलवाल र प्रमुख सुवेदार मिठुराम विश्वकर्मालाई बर्खास्तको फैसला सुनाए बमोजिम उनीहरुलाई सेवाबाट हटाइएको हो ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले सैनिक ऐन, २०६३ बमोजिम दोषी ठहरिएपछि उनीहरुलाई कारबाहीसहित सैनिक सेवाबाट हटाउने गरी फैसला गरेको जनाएको छ ।

त्यसै गरी समरी जनरल सैनिक अदालतले सहसेनानी लक्ष्मीकान्त खनाल, सुवेदार भोजबहादुर बिष्ट र जमदार विनोद बस्नेतलाई एक तह दर्जा घटुवा तथा प्राविधिक सहसेनानी फिरोज महर्जन र जमदार भद्रबहादुर शाहीलाई नसिहत र महासेनानी राजेन्द्रमणि गिरी र लेखा सुवेदार कर्मचारी नवराज पाण्डे (अवकाश प्राप्त)लाई भने सफाइ दिने फैसला गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.