जल/वातावरण

प्लाज्मा नपाउँदा धुलिखेल अस्पतालमा ९८ वर्षीया वृद्धाको मृत्यु

मंगलबार विहान धुलिखेल धुलिखेल अस्पतालमा कोरोना संक्रमण भएर भर्ना भएका ९८ वर्षीया वृद्धको निधन भएको छ । उहाँको जीवनरक्षाका लागि प्लाज्माको खोजी भैरहेको थियो तर सो नपाउँदा धुलिखेल नगरपालिका वडा न ६ का ९८ बर्षीय बृद्धको उपचारको क्रममा मंगगलबार विहान मृत्यु भएका अस्पतालले जनाएको छ ।

उहाँमा कोरोना संक्रमण पुष्टि भएपछि साउन २६ गते धुलिखेल अस्पतालमा भर्ना गरिएको थियो । उहाँलाई स्वासप्रश्वास, छाती तथा घाँटीको समस्या रहेको थियो । बृद्ध अवस्था रहेकाले रोग प्रतिरोधात्मक क्षमता कमजोर रहेपछि अस्पतालले प्लाज्मा थेरापीबाट उपचार गर्न पर्ने डाक्टरको सुझाव थियो ।

तर समय मै ‘ए’ प्लस पोजेटिभ रगत नपाएको परिवारले जनाएको छ । प्लाज्मा थेरापीका लागि संक्रमण भएर निको भएका जुन समूहको बिरामी हो, त्यससँगै मिल्ने समूहको रगत आवश्यक पर्ने अस्पतालले जनाएको छ । उहाँमा कोरोना पोजेटिभ देखिए लगत्तै उहाँसँगै बस्ने बुहारी र छोरामा कोरोना पुष्टि भएको छ ।

उहाँहरु दुवै जना काठमाडौंमा उपचारार्थ हुनुहुन्छ । परिवारका अन्य सदस्यहरुको पनि कोरोना परीक्षण भइरहेको छ । उहाँको शव पशुपतिको विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिने बताइएको छ ।

स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले कोरोनाका कारण काभ्रेका दुई जनाको मृत्यु भएको जानकारी दिनुभयो । यस अघि पाँचखाल नगरपालिका वडा नम्वर १ घर भएकी ५० वर्षीया महिलाको कोरोना कै कारण उपचारका क्रममा साउन २६ गते किस्ट अस्पताल काठमाडौंमा निधन भएको थियो ।

उहाँका अनुसार काभ्रेमा संक्रमितको संख्या ८० पुगेको छ । ३४ जना उपचारपछि घर फर्किएको र बाँकी उपचारार्थ रहेको झाले जानकारी दिनुभयो ।

उता बाँकेमा एक संक्रमितको सोमबार राति मृतयु भएको छ । फोक्सोमा निमोनिया भएपछि शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना भएका नेपालगञ्ज उपमहानगरपालिका वडा नं ५ निवासी ६२ वर्षीय पुरुषको मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोतव्यक्ति नरेश श्रेष्ठका अनुसार राति ११ः४० बजे उपचारकै क्रममा उहाँको मृत्यु भएको हो । साउन ३० गतेदेखि कोरोनाको लक्षण देखिएपछि ३२ गते शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना गरिएको थियो ।
भेरी अस्पताल नेपालगञ्जमा गरिएको कोरोना परीक्षणमा सोमबार दिउँसो पोजेटिभको रिपोर्ट आएको थियो । मृतकको घरपरिवार र नेपाली सेनासँगको समन्वयमा शव व्यवस्थापनको तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिनुभयो ।

बाँकेमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ । यसअघि नरैनापुर, बैजनाथ, कोहलपुरका तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.