जल/वातावरण

अस्पताल आउने महिलालाई उपचारमा छुट दिँदै हरियो चुरा प्याकेज

कोरोना भाइरस फैलिएर स्वास्थ्य परीक्षणका लागि अस्पताल आउनसमेत मानिस हिच्किचाइरहेका बेला भक्तपुरको सल्लाघारीस्थित डा इवामुरा मेमोरियल अस्पतालले भने तीजलाई लक्ष्य गरी महिलाका लागि हरियो चुरा प्याकेज सार्वजनिक गरेको छ ।

महिलाको स्वास्थ्योपचारलाई लक्ष्य गरी निःशुल्क एवं ५० प्रतिशत छुटमा स्त्रीरोग विशेषज्ञद्वारा स्वास्थ्य सेवा दिने गरी प्याकेज ल्याइएको अस्पतालका निर्देशक जीवन मारिखुले जानकारी दिनुभयो ।

अस्पतालले सञ्चालन गरेको गाइनो क्याम्पमा सहभागी महिलाका लागि ३६५ दिन निःशुल्क स्त्रीरोग विशेषज्ञ जाँच, अन्य महिलाका लागि यसमा ५० प्रतिशत छुट, भिडियो एक्सरेमा ५० प्रतिशत छुट र अन्य सेवामा १० प्रतिशत छुट प्याकेज सार्वजनिक गरिएको हो ।

अस्पतालका स्त्रीरोग विशेषज्ञ डा शोभा मारिखु श्रेष्ठले यी सेवा तीजका अवसरमा यही भदौ १० गतेसम्म सञ्चालन हुने भएको छ । यो सेवामा २०० महिलाले सेवा लिएका छन् । अस्पतालको १०० महिलालाई हरियो चुरा प्याकेजमा सहभागी गराउने लक्ष्य रहेको निर्देशक मारिखुले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.