स्वास्थ्य
नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्राडा पौडेल
नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा प्राडा ढुण्डीराज पौडेल नियुक्त हुनुभएको छ । नवनियुक्त अध्यक्ष प्राडा पौडेलले आज स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ लिनुभयो ।
डा पौडेल हाल नेपालगञ्ज मेडिकल कलेज, कोहलपुरमा नाक, कान तथा घाँटी विभागका प्रमुखका रूपमा कार्यरत हुनुहुन्छ ।

यसअघि उहाँले वीर अस्पताल, भेरी अस्पताल, भरतपुर अस्पताल तथा दाङ अस्पतालमा विभिन्न जिम्मेवारीमा रहेर सेवा गर्नुभएको छ ।



प्रतिक्रिया राख्नुहोस्