कफी पोखिएर यात्रु घाइते भएको घटनामा कतार एयरवेजलाई २ करोड ६१ लाख क्षतिपूर्ति दिलाउन आदेश (पूर्णपाठ)
काठमाडौँस्थित उपभोक्ता अदालतले विमानभित्र तातो कफी पोखिएर यात्रु घाइते भएको घटनामा कतार एयरवेजलाई २ करोड ६१ लाख ९२ हजार ४ सय ६ रुपैयाँ क्षतिपूर्ति दिलाउने फैसला गरेको छ ।
ललितपुरकी ५२ वर्षीया प्रिती थापाले दायर गरेको मुद्दामा अदालतका अध्यक्ष डा. दिवाकर भट्ट तथा सदस्यहरू गेहेन्द्र राज रेग्मी र आनन्दराज पोखरेल सम्मिलित इजलासले यस्तो फैसला हो ।
यो घटना सन् २०२३ जुलाई १० को हो । थापा कतार एयरवेजको उडान नम्बर क्युआर ७४४ बाट बोस्टन-दोहा हुँदै काठमाडौँ आउने क्रमउडानका क्रममा विमानका कर्मचारी (क्याबिन क्रु) ले दिएको अत्यधिक तातो कफी थापाको तिघ्रा र शरीरका संवेदनशील अङ्गमा पोखिन गई दोस्रो तहको जलन भएको थियो ।
घटनापछि कफीले पोलेपछि उनले प्राथमिक उपचारका लागि औषधि माग्दा विमानमा उपलब्ध नभएको जवाफ दिएपची उनले करिब ३ देखि ४ घण्टासम्म आकाशमै असह्य पीडामा यात्रा गर्नुपरेको थियो । नेपाल ओर्लिएपछि उनले कीर्तिपुरस्थित जलन अस्पतालमा उपचार गराएकी थिइन् ।
अदालतले अन्तर्राष्ट्रिय हवाई परिवहन सम्बन्धी ‘मोन्ट्रियल महासन्धि १९९९’ र नेपालको ‘उपभोक्ता संरक्षण ऐन २०७५’ लाई आधार मानी फैसला गरेको छ ।
मुद्दाको सुनुवाइका क्रममा अदालतले अन्तर्राष्ट्रिय हवाई यात्रासम्बन्धी सन् १९९९ को मोन्ट्रियल महासन्धि र नेपालको उपभोक्ता संरक्षण ऐन, २०७५ लाई कानुनी आधार बनाएको छ । यता कतार एयरवेजले भने कफी यात्रुकै कारण पोखिएको दाबी गर्दै आफ्नो जिम्मेवारी अस्वीकार गर्न खोजेको थियो। तर अदालतले विमानभित्र हुने यस्ता दुर्घटनाको ‘निरपेक्ष दायित्व’ कम्पनीकै हुने र कम्पनीले आफ्नो कर्मचारीको गल्ती नभएको प्रमाणित गर्न नसकेको फैसलामा उल्लेख गरेको छ ।
यस्तो छ पूर्णपाठ :




प्रतिक्रिया राख्नुहोस्