विश्व समाचार

दक्षिण कोरियामा संक्रमण बढेपछि देशव्यापी निषेधाज्ञा जारी

दक्षिण कोरियामा कोरोना भाइरस संक्रमण पुनः फैलन थालेपछि देशव्यापी निषेधाज्ञा घोषणा गरिएको छ । कोरोनाभाइरसको सङ्क्रमण थप फैलिन नदिनका लागि केही गतिविधिहरुमा देशभरी निषेधाज्ञा जारी गरिएको अधिकारीहरुले जनाएका छन् ।

स्वास्थ्य मन्त्री पार्क नेउङ हुले शनिबार थप ३ सय ३२ जनामा संक्रमण देखिएको बताउँदै शनिबारदेखि भेला हुन, रात्रीकालिन गतिविधिहरु गर्न, चर्च, खेलकुद तथा अन्य भिडभाड हुने ठाउँहरुका गतिविधिहरुमा रोक लगाइएको जानकारी दिनुभएको हो ।

नयाँ थपिएका सङ्क्रमित मध्ये अधिकांश राजधानी सोल महानगरपालिका भित्र नै देखिएको पाइएको छ । दक्षिण कोरियामा कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या पछिल्लो समय थप बढ्दै गएको पाइएको छ ।

सङ्क्रमण राजधानी बाहेक देशका अन्य ठूला सहरहरुमा पनि देखिएको स्वास्थ्य मन्त्री हुले जानकारी दिनुभयो । कतिपय प्रतिवन्धात्मक व्यवस्थाहरु भने सरकारले यसअघि पनि लागु गरिसकेको छ । अहिले त्यसमा केही थप प्रतिबन्धहरु लगाइएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.