जापान

जापान सरकारद्वारा जलन उपचार उपकरण हस्तान्तरण

जापान सरकारले नेपाललाई जलन उपचार उपकरण हस्तान्तरण गरेको छ । जापानको ह्युमन सेक्युरिटी प्रोजेक्ट्सको अनुदान सहायता अन्तर्गत सुष्मा कोइराला मेमोरियल अस्पताललाई ती उपककरण हस्तान्तरण गरिएका हुन् ।

सोमबार काठमाडौंको शङ्खरापुरमा अवस्थित अस्पतालमा एक समारोहकाबीच १ करोड रुपैयाँ बराबरको जलन उपचारका लागि स्वास्थ्य उपकरण हस्तान्तरण गरिएको हो ।

उपकरण हस्तान्तरण समारोहमा नेपालका लागि जापानी राजदूत किकुताले यो परियोजना जलन भएका बिरामीका लागि ठूलो सहयोग भएको बताउँदै यसबाट बिरामी, परिवार र समुदायको हितमा उल्लेख्य सुधार हुने विश्वास व्यक्त गर्नुभयो ।

सन् १९९७ मा स्थापित सुष्मा कोइराला मेमोरियल अस्पतालमा जलन उपचार गर्दै आएको छ । नेपालमा जलका गम्भीर उपचार सेवा उपलब्ध गराउनसक्ने सुविधा भएका अस्पताल कम भएकालले यहाँ देशभरबाटउपचारका लागि बिरामी ल्याउने गरिन्छ ।

जलन उपचारमा सुविधासम्पन्न उपकरण र व्यवस्था नहुँदा निकै सकस भैरहेका बेला जापान सरकारको यो सहयोगले समुदायहरूमा जलनका लागि चिकित्सा सेवाहमा सुधार ल्याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.