जन सरोकार

पारमाणविक अनुसन्धान केन्द्र स्थापना हुँदै (नेपालमा यूरेनियम- भिडियोसहित)

मुस्ताङ लगायत देशका विभिन्न क्षेत्रमा युरेनियम खानी रहेको प्रमाणित भएपछि सरकारले पारमाणविक अनुसन्धान केन्द्र तथा बहुविधागत प्रयोगशालाको स्थापनाका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को कार्य अगाडि बढाइएको छ ।

शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मुलुकमा पारमाणविक अनुसन्धान केन्द्र स्थापनाका लागि तयारी भैरहेको बताउनुभएको हो ।

नेपालमा कहाँ कहाँ छ युरेनियम ? हेर्नुहोस् यो भिडियो

नेपाल फिजिकल सोसाइटीको एनपिस स्कूल अफ एड्भान्सड कम्प्युटिङको आज उद्घाटन गर्दै उहाँले विज्ञान प्रविधि तथा नवपर्वतन नीति, २०७६, रेडियोधर्मी पदार्थको (नियमन तथा उपयोग) सम्बन्धी ऐन, २०७७ का आधारमा कीर्तिपुरस्थित बिपी कोइराला विज्ञान सङ्ग्रहालय अब्जरभेटरी तथा प्लानेटोरियमको सञ्चालन, विधि विज्ञान प्रयोगशालाको प्रदेशस्तरमा विस्तार पनि गरिने जनाउनुभयो ।

मन्त्री पोखरेलले स्थानीय तहमा प्राविधि शिक्षा विस्तार भइरहेको र विज्ञान तथा प्रविधिको एक विशिष्टकृत विश्वविद्यालयको रूपमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना कार्य अघि बढेको पनि जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.